चाैथाेपटक सुदूरपश्चिम प्रदेशकाे मन्त्रिमण्डल विस्तार

sudurpachim-pradesh
लोकपाटी न्यूज
0 Shares

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चौथोपटक मन्त्रिमण्डल विस्तार गरेका छन्। भट्टले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका हुन्।

मन्त्री मण्डलमा एमालेबाट पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, पूर्णा जोशी , लालबहादुर खड्का र माओवादीबाट मानबहादुर धामी थपिएका छन्। सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जोशीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र खड्कालाई सामाजिक विकास मन्त्रालय र धामीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै राज्यमन्त्रीमा चुनकुमारी चौधरी, मानबहादुर सुनार, अर्चना गहतराज र मना साउद नियुक्त भएका छन् । चौधरी, गहतराज र साउद एमाले र सुनार नेकपा माओवादीका हुन्। मन्त्रिपरिषदमा दोस्रो वरियताका मन्त्री प्रकाशबहादुर शाहलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। योसँगै सुदूरपश्चिममा ११ सदस्यीय मन्त्रिमण्डल भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्