चौतर्फी विकासका अभियान अघि बढेका छ : प्रधानमन्त्री ओली

KP Sharma Oli-1
लोकपाटी न्यूज
0 Shares

काठमाण्डाै। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरैजसो कोरोना सङ्क्रमितको नि:शुल्क उपचार गरिरहेको दाबी दोहोराएका छन्।

गणतन्त्र दिवसको अवसरमा सेनाकाे मुख्यालय भद्रकालीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारले धेरैजसो सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको, निःशुल्क खोप अभियानलाई पनि निरन्तरता दिइरहेको, जबकि कतिपय सम्पन्न र विकसित देशहरुले पनि यस किसिमले उपचार निःशुल्क नगरेको बताए।

ओलीले आउँदो चुनावभन्दा अगाडि नै सबै नागरिकलाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएको पनि दाबी गरे। गणतन्त्रलाई नागरिकको जीवनसँग जोडेर अघि बढ्न सम्पूर्ण प्रयासहरू केन्द्रित रहेका र विकासका चौतर्फी अभियान अघि बढेका प्रधानमन्त्री ओलीको दाबी छ।सेवाप्रवाहमा व्यापक सुधारसहित नागरिकमा सन्तुष्टि बढ्दै गइ विकास, समृद्धि तथा सुशासनका सबै आयामहरू तथा विश्वप्यापी परिसूचकहरूमा उल्लेख्य सुधार आउनुले देश सही दिशातिर अगाडि बढेको नै स्पष्ट भएको ओलीको भनाइ छ।

आवधिक चुनाव लोकतन्त्रको आधारभूत पक्ष भएकाले आउँदाे कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा आम चुनावको घोषणा गरिएको र चुनाव भएरै छाड्ने ओलीले बताए। चुनाव नहुने भ्रम नछर्न विपक्षी दललाई आग्रह गर्दै ओलीले सरकार निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा चुनाव सम्पन्न गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्