पाल्पा बुटवल सडकखण्ड अवरुद्ध

butwal-palpal pahiro
  • 6.6K
    Shares
लोकपाटी न्यूज

बुटवल। पाल्पा बुटवल सडक खण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ। निरन्तर चार दिन देखि परेको अविरल वर्षाले सडकखण्ड अवरुद्ध भएको हो।

तिनाउ गाउँपालिका ३ सिसुवामा ढुङ्गा सहितको ठूलो पहिरो गएको छ। भने, गौंडे,बर्तुङ,दोभान,झुम्सा लगायतको क्षेत्रका साना–साना पहिरो गएका छन्। यस्तै सिसुवा क्षेत्रमा खसेको पहिरो हटाउने काम शुरू भएको छ।

निरन्तरको वर्षा र ढुङ्गा झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख अर्जुन सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्