कति उठ्याे उज्वल थापाकाे उपचारकाे लागी सहयाेग ?

लोकपाटी न्यूज

काठमाडौं। विवेकशील साझाका पूर्व संस्थापक उज्वल थापको उपचारको लागि ५२ लाख ३४ हजार ४१८ रुपैयाँ आर्थिक सहयोग उठेको छ। कोरोना संक्रमणको कारण थापाको अवस्था जटिल बनेपछि उनका शुभेच्छुकले सार्वजनिक अपील गर्दै आर्थिक सहयोगको आह्वान गरेका थिए।

जुन आह्वानपछि ग्रान्डी अस्पतालमा उपचार गराइरहेका थापाका लागि ५२ लाख ३४ हजार रकम उठेको जानकारी उनका शुभेच्छुकहरुले दिएका छन्। जसमा गोफन्डमीमा २२ हजार २ सय ९१ डलर जम्मा भएको र नेपाल बैंकमा २६ लाख ५० हजार जम्मा भएको जानकारी दिइएको छ।

‘चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि विदितै छ । यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको छ । त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ। उज्वलको स्वास्थ्यप्रति तपाईंहरूको साथले हामीलाई आड भरोसा मिलेको छ’ शुभेच्छुक र परिवारको तर्फबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

शुभेच्छुकबाट पैसा उपचारको लागि नगद जम्मा भएपछि थापाको परिवारले बीएण्डसीका संचालक दुर्गा प्रसाईंले घोषणा गरेको सम्पूर्ण खर्च बेहोर्न गरेको प्रस्तावलाई अवस्वीर गरेको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्