आठ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा आउन जसपालाई प्रधानमन्त्रीकाे आग्रह

oli-mahantha
लोकपाटी न्यूज
0 Shares

काठमाडाैँ। जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी ओली र जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका नेताबीच बालुवाटारमा चार घण्टा छलफल भएको छ।

छलफलमा प्रधानमन्त्री ओलीले सरकारमा आउन आग्रह गरे पनि सो पार्टीका नेताहरुले भने तत्काल सरकारमा नजाने जवाफ दिएका छन्। बिहान १० बजेदेखि झण्डै ४ घण्टासम्म चलेको छलफलमा मुद्दा फिर्ता र सरकारमा सहभागिताका विषयमा व्यापक छलफल भएको बताइएको छ। प्रधानमन्त्रीले आठ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा आउन आग्रह गरेका थिए। तर, जसपा नेताहरुले एक–दुई दिनमा जवाफ दिने बताएका थिए।

सरकारमा जाने कि नजाने भन्ने विषयमा जसपामा ठूलो विवाद छ। ठाकुर पक्षले मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता-कार्यकर्तामाथिका बाँकी मुद्दा फिर्ता भएपछि सरकारमा सहभागी हुने बताउँदै आएको छ। यता, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले भने यो सरकारको वैधानिकतामाथि नै प्रश्न उठाउँदै आएको छ। सो विवाद लम्बिँदै जाँदा दुई अध्यक्षबीच पत्रयुद्ध जारी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्