कुवेतमा अबैध मदिरासहित तीन नेपाली पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज

दोहा। कुवेतमा अबैध घरेलु मदिरा उत्पादन गरेर बेच्ने तीन नेपाली नागरिक पक्राउ परेका छन्। कुवेतको जहारा गभरनेट भित्र पर्ने ताईमा सुरक्षा क्षेत्रका कमांडर-कर्नल मतार साबिल, तथा गस्ती विभाग प्रमुख मुबारक अल-हाज्राफसहितको टोलिले एउटा अपार्टमेन्टमा छापा मार्दा ठूलो मात्रामा घरेलु मदिरासहित उनीहरुलाई पक्राउ गरिएको हो।

सो क्रममा ठूलो परिमाणमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका मदिराका बोतलहरु तथा मदिरा उत्पादन गर्ने उपकरण समेत बरामद गरिएको कुवेत प्रहरीलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ। प्रहरीले विशेष सुराकीको आधारमा अबैध तरिकाले घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण भैरहेको सूचना पाएपछि उक्त स्थानमा छापा मारेको थियो। जसमा दुई पुरुष र एक जना महिलासहित तीन नेपाली पक्राउ परेको जनाएको छ।

पक्राउ गरिएका तीनै जनालाई थप अनुसाधानको लागि ड्रग्स तथा मदिरा नियन्त्रण कार्यलयको सम्बधित विभागमा पठाइएको जनाएको छ। यसअघि पनि विभिन्न समयमा घरेलु मदिरा कारोबार गर्ने ठूलो सङ्ख्या पक्राउ परिसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्