असार १ गतेदेखि विद्यालय सञ्चालन गरिने

Public School
  • 8.2K
    Shares
लोकपाटी न्यूज

वीरगन्ज। वीरगन्जमा आगामी असार १ गतेदेखि विद्यालय सञ्चालन गरिने भएको छ। वीरगन्ज महानगरपालिकाले असार १ गतेदेखि स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर विद्यालय खोल्ने निर्णय गरेको मयर विजय कुमार सरावगीले बताए। महानगरमा कोरोना घट्दो रहेकोले शैक्षिक कार्यक्रम सुरु गर्न लागिएको उनले बताए।

सबै परिस्थिति सामान्य रहेमा पहिलो चरणमा कक्षा ८ देखि १२ सम्मका कक्षा सञ्चालन गरिने उनले बताए।आइतबारदेखि विद्यालयका प्रशासनिक काम संचालन हुने उनले जानकारी दिए। विद्यालयमा भौतिक उपस्थिति गराएर पठनपाठन गर्न अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्यका मापदण्ड पुरा गर्न भनिएको छ।महानगरले कक्षा संचालनका लागि ७ वटा सर्त बनाएको छ। विद्यालयका सवारी सधान नचलाउन महानगरले भनेको छ।

शिक्षण सिकाईका वैकल्पिक उपाय विद्यालय र अभिभावकबीच सहमति गरेर गर्न भनिएको छ। असार १ देखि ७ गतेसम्म भर्ना लगायतका व्यवस्थापकीय काम हुने, ८ देखि १५ गतेसम्म भर्ना सप्ताहका लागि घरदैलो र असार १५ पछि नियमित पठन पाठन सुचारु गर्न महानगरले भनेको छ। कुनै विषम स्थिति देखिए महानगरको शैक्षकि प्रशासन महाशाखामा सूचित गर्न र निर्देशन अनुसार गर्न भनिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्