साइबर लडाइँमा जुटौं, सडक आन्दोलनको तयारी गरौं : जीवन आचार्य

लोकपाटी न्यूज
0 Shares

काठमाडौँ। नेकपा माओवादी केन्द्रका युवा नेता जीवन आचार्यले विपक्षी गठबन्धनलाई जनतामा विश्वास र भरोसा दिलाउन तत्काल एउटा स्वेतपत्र जारी गर्न अनुरोध गरेका छन्। तत्काल सडका आन्दोलन सहज नभएकाले सुचना प्रविधीमार्फत आन्दोलन र कोभिडको प्रकोप न्यूनिकरणसँगै बृहत् सडक आन्दोलनको तयारी गर्न पनि उनकाे नेतृत्वलाई सुझाव छ।

सामाजिक सञ्जालमार्फत उनले सरकारमा यी र यस्तै मान्छे रहिरहे “बाँकी यही देश छ, यही बेच्ने हो’ भन्ने दिन टाढा नरहेको बताएका छन्। उनि लेख्छन्, त्यस अवस्थामा पनि केही पालितपोषित अन्धभक्तहरूले थपडी मार्दै, “ठीक हो महाराज, जोसँग जे छ त्यही बेच्ने त हो नि” भन्दै रमाउनेछन्।

देशलाई माया गर्ने देशभक्त सचेत हुनुपर्ने बेला आएको भन्दै उनले भनेका छन् ‘आज देशको परिस्थिति सामान्य छैन। कसैलाई व्यक्तिगत रुपमा कोही नेता मन नपर्न सक्छ। तर यहाँ अब मुलूकको सवाल छ। नेताका लागि होइन, आउने पिँढी र देशको स्वाधीनताका लागि फेरि एउटा आन्दोलन आवश्यक छ। त्यसका लागि कुण्ठा होइन, हिम्मत गरौं।’

अहिले हेरेर बस्ने बेला नभएको बताउदै  शासकको यस्तै प्रवृत्ती रहिरहने हो भने अघिल्लो पिँढीको आन्दोलन र संघर्ष कै कारण मुलूकले प्राप्त गरेको उपलब्धि गुम्नसक्ने नेता आचार्यकाे निष्कर्श छ। उनले लेखेका छन्अ-‘घिल्लो पिँढीको आन्दोलन र संघर्ष कै कारण मुलूकले आजको उपलब्धि प्राप्त गरेको हो, हामीले नयाँ पिँढीलाई यि सवै उपलब्धि को रक्षा गरि जिम्मा लाउने कि नलाउने? हामीलाई आरामले सवै हेरेर बस्ने छुट छैन, बेलैमा सोचौं र आ-आफ्ना ठाऊबाट तयारी गरौ।’

यस्तो छ उनको फेसबुक स्टाटस

साथीहरू !!
यी र यस्तै मान्छे रहिरहे “बाँकी यही देश छ, यही बेच्ने हो’ भन्ने दिन टा‘ढा छैन त्यसपछि केही पालितपोषित अन्धभक्तहरूले थपडी मार्दै, “ठीक हो महाराज, जोसँग जे छ त्यही बेच्ने त हो नि” भन्दै रमाउनेछन्।
विपक्षी गठबन्धनलाई मेरो सुझाव‘‘‘‘..
जनतालाई विश्वास र भरोसा दिलाउन एउटा “स्वेतपत्र” जारी गरौं, हामी भोलि त्यो पालना गर्छौं, हामीबाट गल्ती हुनेछैन भनेर जनतासँग प्रतीज्ञा गरौं। तत्कालका लागि सूचना–प्रविधिमार्फत् आन्दोलन र कोभिडको प्रकोप न्यूनिकरणसँगै बृहत् सडक आन्दोलनको तयारी गरौं। अन्यथा समय घर्किएसँगै मुलूक नै नरहने खतरा छ।
यो देशलाई माया गर्ने तमाम देशभक्तहरू सचेत हुने बेला आएको छ। आज देशको परिस्थिति सामान्य छैन। कसैलाई व्यक्तिगत रुपमा कोही नेता मन नपर्न सक्छ। तर यहाँ अब मुलूकको सवाल छ। नेताका लागि होइन, आउने पिँढी र देशको स्वाधीनताका लागि फेरि एउटा आन्दोलन आवश्यक छ। त्यसका लागि कुण्ठा होइन, हिम्मत गरौं।
अघिल्लो पिँढीको आन्दोलन र संघर्ष कै कारण मुलूकले आजको उपलब्धि प्राप्त गरेको हो, हामीले नयाँ पिँढीलाई यि सवै उपलब्धि को रक्षा गरि जिम्मा लाउने कि नलाउने? हामीलाई आरामले सवै हेरेर बस्ने छुट छैन, बेलैमा सोचौं र आ–आफ्ना ठा‘ऊबाट तयारी गरौं। धन्यवाद!!

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्