स्पेनिस कप्तान सर्जियोलाई कोरोना संक्रमण

Busquets
लोकपाटी न्यूज

एजेन्सी। स्पेनिस राष्ट्रिय टोलीका कप्तान सर्जियो बुस्क्वेट्सलाई कोरोना पोजिटिभ देखिएको छ। रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले आफ्नो टोलीको कप्तानलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ।

आरएफइएफका अनुसार स्पेनको स्वास्थ्य मन्त्रालय र युइएफएको प्रोटोकलअनुसार आइतबार टोलीको सबै खेलाडी तथा पदाधिकारीको पीसीआर विधिबाट कोरोना परिक्षण गरिदा उनमा मात्रै कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएसँगै उनी सेल्फ आइसोलेसनमा बसेका छन्। उनी छिट्टै कोरोनामुक्त हुदै टोलीमा फर्कने टोलीले विश्वास लिएको छ।

स्पेनले युरोकपअघिको अन्तिम तयारी खेलमा मंगलबार राति लिथुआनियासँग खेल्दैछ। उनले उक्त खेल गुमाउने पक्का छ। स्पेनले १४ जुनमा युक्रेनसँग खेल्दै युरोपियन च्याम्पियनसिपको शुरुवात गर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्