त्रिवि समक्ष अखिल (क्रान्तिकारी) १० बुँदे माग

pic tu
  • 224
    Shares
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौं उपत्यकाका १३ क्याम्पसका अखिल क्रान्तिकारी विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ। सोमबार संगठनले विभिन्न १० माग राख्र्दै त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा.शिवप्रसाद भुसाललाई ज्ञापनपत्र बुझाएको हो।

कार्यक्रममा अखिल (क्रान्तिकारी) आरआर क्याम्पस समिति प्रदर्शनी मार्ग, काठमाडौंका अध्यक्ष देवेन्द्र पौडेल, अखिल (क्रान्तिकारी) नेपाल कमर्स क्याम्पस मिनभवन, काठमाडौंमा अध्यक्ष तुल्सिराम न्यौपाने, अखिल (क्रान्तिकारी) बानेश्वर क्याम्पस समिति तिनकुने, काठमाडौंमा अध्यक्ष नविन शाही, अखिल (क्रान्तिकारी) त्रि-चन्द्र क्याम्पस समिति घण्टाघर, काठमाडौंका अध्यक्ष महेन्द्र चन्द ठकुरी, अखिल (क्रान्तिकारी) पशुपति क्याम्पस समिति मित्रपार्क, काठमाडौंका अध्यक्ष सरोज मोक्तान, अखिल (क्रान्तिकारी) शंकरदेव क्याम्पस समिति पुतलीसडक काठमाडौंका अध्यक्ष मदन ढकाल,अखिल (क्रान्तिकारी) महेन्द्ररत्न क्याम्पस समिति ताहचल,काठमाडौंका अध्यक्ष टोपेन्द्र ओली,अखिल (क्रान्तिकारी) पद्यकन्या क्याम्पस समिति बागबजार, काठमाडौंमा अध्यक्ष स्मृति चापागाई, अखिल (क्रान्तिकारी) अस्कल क्याम्पस समिति मैनचौर,काठमाडौंका अध्यक्ष खेम बहादुर सिंह, अखिल (क्रान्तिकारी) पब्लिक युथ क्याम्पस समिति धोबिचौर,काठमाडौंका अध्यक्ष नविन देवकोटा, अखिल (क्रान्तिकारी) सरस्वती क्याम्पस समिति लैनचौर,काठमाडौंका अध्यक्ष ठाकुर बूढा,अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पस समिति पाटन ढोका, ललितपुरका अध्यक्ष सञ्जिव कार्की र अखिल(क्रान्तिकारी) सानोठिमि,भक्तपुरका अध्यक्ष प्रकाश के.सीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्र बुझदै प्रध्यापक डा.भुसालले यथाशिघ्र माग बमोजिम काम गर्ने प्रतिबद्धता जनाएका थिए।

यी हुन् विद्यार्थी संगठनले राखेका १० माग

१. स्नातक तह प्रथम वर्षमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको तत्काल स्तरोन्नती गरियोस्।

२. स्नातक तह दोस्रो वर्षको बाँकी परीक्षाको विषयमा यथाशीघ्र निणर्य र तेस्रो बर्षको कक्षा सुचारु गरियोस्।

३. यथासिघ्र नयाँ शैक्षिक क्यालेन्डरको प्रकाशन गरी कार्यान्वयन गरियोस्।

४. स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुलाई क्याम्पसमा हुने भर्ना, रजिष्ट्रेशन, परीक्षा फारम देखि यावत कुरामा लाग्ने कुनै पनि अतिरिक्त शुल्क खारेज गरि सबै विद्यार्थीहरूको परीक्षा फारम अनिवार्य क्याम्पसले भरी परीक्षामा उपस्थित गराउने व्यवस्था मिलाइयोस्।

५. नियमित परीक्षाफल समयमै प्रकाशन गरियोस्।

६. कोभिड–१९ को संक्रमणकाल अवधिभर भर्चुअल मार्फतको पढाइको सम्पूणर् शुल्क मिनाह साथै कक्षाको नियमित दैनिकरुपमा प्रभावकारिताको नियगमन गरियोस्।

७. त्रि.वि. रजिष्ट्रेशन फारम अनलाइन मार्फत भर्ने सहित अनलाइनको पहुँचमा नभएका विद्यार्थीलाई सहज परिस्थिति नहुन्जेल क्याम्पसमा भर्ने व्यवस्था गरियोस् ।

८. कोभिड–१९ बाट प्रभावित सम्पूणर् विद्यार्थीहरुलाई स्वास्थ्य बीमा बापतको राहतको व्यवस्था गरियोस्।

९. त्रिभुवन विश्वविद्यालयका सम्पूणर् आंगिक तथा सामुदायिक क्याम्पसका सम्पुणर् बिद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरियोस्।

१०. भौतिक उपस्थिति अथवा वैकल्पिक कुनै पनि माध्यम बाट परिक्षा गर्न नसक्ने परिस्थिति भएको खण्डमा क्याम्पसहरु लाई आन्तरिक मुल्यांङकन को अधिकार प्रदान गर्ने र एक तह वृद्धि गरि पढाई सुरु गर्ने व्यवस्था मिलाइयोस्।

  ज्ञापन पत्र:
194170501_3902826936507010_5701536989492147365_n

888

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्