विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट

trilochan-bhatta
लोकपाटी न्यूज
0 Shares

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ। यही बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत दिन प्रस्ताव गर्ने छन्। भट्ट नेकपा माओवादीका नेता हुन्।

भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरेको छ। नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदले भने मुख्यमन्त्रीको विपक्षमा मत दिने भएका छन्। नेपाली काँग्रेसले पनि मुख्यमन्त्री भट्टको सरकार ढल्न नदिने बताएको छ। सरकार जोगिन आवश्यक पर्ने मत संख्या नपुगे मात्र मत दिने काँग्रेसले निर्णय गरेको छ।

विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ। ५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली काँग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन्। एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन्।

मुख्यमन्त्री भट्टले प्रदेश सभामा बोल्दै एकताबद्ध भए मात्रै प्रदेशको विकास गर्न सकिने बताएका छन्। तीन वर्ष तीन महिनासम्म आफूले सरकार चलाएको र जनताले चाहेजस्तो काम भएको दाबी उनको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्