राष्ट्रिय वाणिज्य बैंककाे ऋणपत्र आजदेखि बिक्री खुला

लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको २ वर्षको ऋणपत्र आजदेखि निष्कासन भएको छ। ६ वर्षे अवधि तथा वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको ऋणपत्रको आजदेखि निष्कासन तथा बिक्री खुला गरिएको हो।

१ हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड बराबरको ऋणपत्रमध्ये ६० प्रतिशतले हुन आउने अर्थात् १५ लाख कित्ताले हुन आउने कुल १ अर्ब ५० करोड रुपैयाँको ऋणपुँजी रहम व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १० लाख कित्ताले हुन आउने १ अर्ब रुपैयाँ ऋणपुँजी रकम सर्वसाधारण नेपालीका लागि खुला गरिएको हो।

ऋणपत्र निष्कासन छिटोमा जेड २८ गते र ढिलोमा असार ८ गते बन्द हुने बैंकले जानकारी दिएको छ। कम्पनीको बिक्री प्रबद्र्धकमा एनआइबीएल एस क्यापिटल कम्पनी छ।