प्रदेश सांसद दवाडीले स्वास्थ्य चौकिलाई म्याद गुज्रेका औषधि वितरण गरेकाे भन्दै छानविनकाे माग

लोकपाटी न्यूज

गोरखा। गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले कोरोना राहत भन्दै म्याद गुज्रेका औषधि वितरण गरेको खुलेको छ। गोरखा जिल्लाको वारपाक सुलिकोट गाउँपालिकाको सौरपानी स्वास्थ्य चौकी, रन्चोकचौकि र स्वारा स्वास्थ्य चौकिलाई सांसद दवाडीले म्याद गुज्रेका औषधि वितरण गरेका हुन्।

सोमवार वितरण गरिएको औषधि म्याद गुज्रेको भेटीएपछि स्थानीयले स्वास्थ्य चौकीलाई जानकारी गराएका थिए। सौरपानी स्वास्थ्य चौकी, रन्चोकचौकि र स्वारा स्वास्थ्य चौकिमा सांसदले वितरण गरेको औषधि म्याद गुज्रेको पुष्टी भएको स्वास्थ्यका एक कर्मचारीले जानकारी दिए।

रन्चोक स्वास्थ्य चौकीलाई म्याद गुज्रेका औषधि हस्तान्तरण गर्दै प्रदेश सांसद दवाडी । तस्विर : सामाजिक संजाल

म्याद नाघेका पखाल र खोकीको औषधि वितरण ति कर्मचारीले नाम नबताउने शर्तमा बताए। कोरोना महामारीले आक्रान्त बनेको वारपाक सुलिकोट गाउँपालिकामा सांसदबाटै म्याद गुज्रेको औषधि वितरण हुनु जनताको स्वास्थ्यमाथि चरम लापरवाही भएको भन्दै सांसद दवाडीलाई कडा कारवाही गर्न स्थानीयले माग गरेका छन्।

स्वास्थ्य चौकीलाई वितरण गरिएको म्याद गुज्रेका औषधि

‘म्याद नाघेकै औषधि खरिद गरिएको पाइयो,’ स्वास्थ्यका एक कर्मचारीले भने, ‘स्थानीयले समयमै अनुगमन गरेकाले वितरण भने हुन पाएन, ठुलो दुर्घटना टर्यो।’ जनताको स्वास्थ्य जस्तो बिषयमा गाउँपालिकाको स्वास्थ्य शाखाले तत्काल एक्सन लिनु पर्ने समेत उनले बताए। ‘गाउँपालिकाको स्वास्थ्य शाखा के हेरेर बसेको छ, उनले भने, तत्काल एक्सनमा जानुपर्यो।’

दवाडी गोरखा क्षेत्र-२ ‘ख’ बाट नेपाली काँग्रेसबाट निर्वाचित सांसद हुन्।

के छ कानुनमा म्याद नाघेकाे ओैषधी बिक्री-वितरण गर्नेलाई कारवाहीकाे ब्यवस्था ?

औषधी  ऐन-२०३५ ले म्याद नागेकाे ‌ओैषधी विक्री- वितरण गर्न बन्देज गरेकाे छ। ऐनले यसरी बिक्री-वितरण गरे ओैषधीले पारेकाे प्रभावकाे आधारमा बिक्री-वितरण गर्नेलाई जन्मकैददेखि पाँच बर्षसम्म सजाय हुने व्यवस्था गरेकाे छ। ऐनका दफा ३४मा व्यवस्था गरिएकाे दण्डसजाय अन्तर्गत साे सजाएकाे व्यवस्था गरिएकाे हाे।  दफा ३४ काे २ मा भनिएकाे छ :- दफा १८ काे विपरित हुने गरी ओैषधीकाे  अनुचित प्रयाेग वा दुरुपयाेग गरेमा वा दफा २९ काे बर्खिलाप कसैले ओैषधीमा मिसावट गरेमा वा मिसावट भएकाे ओैषधी बिक्री गरेमा वा अरु कुनै थाेकलाई ओैषधी भनि बिक्री गरेमा वा दफा ३० काे बर्खिलाप म्याद नाघेकाे ओैषधी बिक्री-वितरण गरेमा वा दफा ३३ काे बर्खिलाप हुने गरी कुनै काम कारवाही गरेमा देहाय बमाेजिम सजाय हुनेछ :-

(क) ज्यानलाई खतरा पुग्ने संभावना भएमा जन्मकैद, वा दश बर्षसम्म कैद र जरिवाना

(ख) शरिरकाे कुनै अंगकाे शक्ति क्षीण वा हरण हुन सक्ने भएमा १० बर्षसम्म कैद र जरिवाना, र

(ग) अन्य अवस्थामा पाँच बर्षसम्म कैद वा जरिवाना हुने।

उपदफा ३ मा भनिएकाे छ, उपदफा १ र २ मा लेखिएदेखि बाहेक याे ऐन वा यस ऐन अन्तर्गत बनेका नियम बर्खिलाप कुनै काम कारवाही गर्ने व्यक्तिलाई १ बर्षसम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्