गायक जोहेब मानन्धरको ’जुनी भरलाई’ सार्वजनिक (भिडियो)

pic 4
लोकपाटी न्यूज

काठमाडौं। पूराना एवं ख्याति प्राप्त गायक जोहेब मानन्धरको नयाँगीत ’जुनी भरलाई’को लिरीकल अडियो भीडियो लक डाउनको समय पारेर सार्बजनिक भएको छ। अत्यन्त मीठो मेलोडी, शब्द र आवाजको समिश्रण रहेको उक्त बोलको गीतलाइ जोहेबकै आफ्नै यूट्यूब च्यानल डिजिटल प्ल्याटफर्ममार्फत् विश्वव्यापी रुपमा आज सार्बजनिक भएको छ।

आफ्नै शब्द र आफ्ना दुई नया गीतको भिडीयोको काम हुँदै गर्दा लक डाउनले काम रोकेको बेला यो तेस्रो नया गीतको अडियो मात्र सार्वजनिक गरेको मानन्धर बताउछन्।अहिले यो लकडाउनको समय खासै केही सांगीतिक गतिबिधी नभैरहन्दा आफ्ना श्रोताहरुले घरै वसेर पनि नया गीत को आनन्द लिओस भन्ने धारणाले यो गीत रिलिज गरेको बताउछन्।

हाल सम्मको आफ्ना अरु गीत भन्दा अलि पृथक धारमा तयार गरिएको यो कम्पोज जोहेब आफै लाई पनि निकै मन परेको गीत हो भन्छन्।यसको पनि भिडियो बनाउने कुरा त छ अब श्रोता हरुको प्रतिक्रिया कस्तो आउन्छ त्यही अनुसार कदम चालने जोहेब बताछन्।

गायक जोहेब अहिले अरुको लागि संगीत दिने र सिनेमा तिर पनि सङ्गीत दिन ब्यस्त छन्।सङ्गीतका साथै लेखनमा पनि शसक्त जोहेब।’म यस्तो गीत गाउन्छु’ देखि सोनु निगम ले गाएको चर्चित गीत “म भए पागल“ आदि उनकै शब्दका हुन्।

दुई दशक भन्दा बढ़ी नेपाली सांगीतिक क्षेत्रमा जीवन अर्पण गरिसकेका चर्चित गायक जोहेब मानन्धरको आफ्नै आवाज,शब्द र संगीत रहेको गीतलाई राहुल प्रधानले एरेन्ज गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्