नेकपा एमालेमा एकताको आधारहरु

premalkumar khanal
लोकपाटी न्यूज

प्रेमलकुमार खनाल

यति बेला नेकपा एमालेमा एकताका बारेमा केपी ओली पक्ष र खनाल नेपाल पक्षमा रहेका दोस्रो पुस्ताका नेताहरूका बिचमा अनौपचारिक छलफल भइरहेको समाचार आएको छ। यस अगाडि केपी ओली र माधव नेपालबिच सहमति भएर दस सदस्यीय कार्यदल गठन भएर वार्ता सुरुआत हुन लाग्दा माधवकुमार नेपाल सहितका नेताहरूलाई कारबाही गरेपछि कार्यदलको वार्ता पनि त्यसै सेलाएर गयो। यद्यपि युवा पुस्ताका नेताहरूबिच भने दुई पटक फेरि वार्ता भएको समाचार बाहिर आएको छ।

तर यो वार्तालाई शीर्ष नेताहरूले चाहिँ कसरी लिई रहेका छन् रु अझै बाहिर आएको छैन। भर्खरै केपी शर्मा ओलीले जारी गरेको दुई पृष्ठको वक्तव्यमा खनाल नेपाल समूहले उठाएको छ बुँदे सवाललाई सम्बोधन नगरेको र प्रतिनिधि सभा विघटनको निर्णयलाई पनि कमी कमजोरीको रूपमा स्वीकार नगरेको र नेताहरूको कारबाही फिर्ता लिएको बारेमा केही पनि उल्लेख नगरीकन २०७५ ज्येष्ठ ३ को अवस्थाबाट माओवादीबाट आएका सदस्यहरू सहितको कमिटीलाई आधार मान्दै खुरुखुरु पार्टीमा आउन चाहनेलाई स्वागत गरिने आशय व्यक्त गरिएको छ।

यता माधव कुमार नेपाल चाहिँ ढुङ्गा गल्ला तर केपी शर्मा ओलीले गल्ती स्वीकार गर्ने स्थिति छैन, अर्थात् बालुवा पेलेर तेल ननिस्कने बताएको सञ्चार माध्यमबाट थाहा हुन आएको छ।तर पनि केही युवा पुस्ताका नेताहरू भने ओलीको वक्तव्यले एकताको वार्ताका लागि छलफलको ढोका खुलेको अर्थ लगाउने गरेका छन्। एमाले भित्र एकताको लागि अनौपचारिक पहल भइरहेको बेला एकता अभियान चलाई रहेका तेस्रो पक्षमा रहेका वामदेव गौतमले पनि एकताको लागि खनाल नेपाल समूहले अगाडि सारेका धारणा झैँ आफ्ना धारणाहरू सार्वजनिक गरेको स्थिति छ। यस्तो स्थितिमा अब एमालेमा एकता कति सम्भव छ रु कति असम्भव छ रु विचारणीय विषय बनेको छ।

कतिपयले एमाले भित्रको विवाद निरर्थक बताइ रहेका छन्। कतिपयले यो विवाद पदका लागि हो भनी रहेका छन्। कतिपयले चाहिँ कुर्सी जोगाउन र सत्तामा पुग्न ठाकुर महतोसँग तथा देउवा यादवसँग सहकार्य गरेको तर स्वयं नेताहरूबिच एकताको लागि संवाद गर्ने स्थितिमा नरहेको भनेर दुःख व्यक्त गरेका छन्। वास्तवमा यी अभिव्यक्तिहरू पार्टी एकताको चिन्ताको भावले गरिएको भए पनि सही राजनीतिक विश्लेषण र अभिव्यक्ति भने हुँदै होइन। अध्यादेशबाट नागरिकता कानुन जारी गरेर ठाकुर महतोसँग गरिएको सहकार्य पार्टीको नीति र दृष्टिकोणले भारतसङ मिलेर नाकाबन्दी गर्ने दक्षिणपन्थी शक्तिसङ गठबन्धन गरेर केवल सरकार टिकाउन भएको स्वतः स्पष्ट छ।

यस्तै प्रतिनिधिसभा विघटनपछि लोकतन्त्र र संविधानको रक्षामा प्रश्न खडा भए पछि आन्दोलनरत राजनीतिक शक्तिहरू बिचको सहकार्यबाट प्रतिनिधिसभा पुनः स्थापनका लागि अदालतमा मुद्दा दायर प्रयोजनका लागि देउवा यादवसँग खनाल नेपाल समूहले गरेको सहकार्य हो भन्ने तथ्य त स्पष्ट छ। त्यसो हुँदा सबै घटनालाई एउटै ढङ्गबाट विश्लेषण गरिदा काफी भ्रम सृजना हुन्छ। जे यथार्थता हो त्यहीँ ढङ्गले बुझ्न जरुरी छ।

कतिपयले चाहिँ एमालेमा शीर्ष नेताहरूकै व्यवस्थापनमा समस्या भएको भन्दै एमालेभित्र विचार, विधि र कार्यशैलीको समस्या नभएको झैँ बताएका छन्। पार्टीभित्र अन्तरसंघर्ष उत्कर्षमा पुगेको बेला नेतृत्वमा समस्या भएको भन्ने भनाइले अहिलेको समस्याको विषय र घटनालाई यथास्थितिमा राख्ने वा बहस विवादलाई अन्यत्र मोड्न मद्दत पुग्ने देखिन्छ। जहाँ सम्म नेतृत्वको व्यवस्थापनको कुरा छ, यो त सामान्य अवस्थामा पार्टीको नीति र विधिबाट महाधिवेशनको फोरमबाट समाधान गरिने विषय हुन्।

एक थरी विश्लेषकहरू के बत्ताउँदछन् भने केपी शर्मा ओली पार्टी एकताको पक्षमा रहेको भए यति धेरै गम्भीर गल्ती गरेर “वोल्ड स्टपे“ चाल्ने स्थिति हुने थिएन भन्नेहरू पनि छन्। बाँकी अवधि पनि प्रधानमन्त्री रहने र महाधिवेशनसम्म पार्टी अध्यक्ष पनि रहने भदौ २६ को उहाँकै पक्षमा भएको पार्टीको निर्णय उलङ्घन गरेर पौष पाँचमा पुगेर संसद् विघटनको घटना घटाउने र समानान्तर गतिविधि गर्दै फाल्गुन २३ मा अदालतले निर्देशित फैसला रु बाट दुई पार्टी अलग९अलग बनाई दिए पछि एमालेको पुनः स्थापनामा दीपावली गरेको घटना र त्यसपछि लगत्तै एमालेमा विवाद उत्पन्न हुने गरी फाल्गुन २८ मा एक पक्षीय ढङ्गले विधान विपरीत निर्णय गर्दै पुनः दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्दै अगाडि बढी रहेको स्थितिले त कतै पनि एकताको भाव झल्कँदैन।

यद्यपि पछिल्लो वक्तव्यले वार्ताको सम्भावना टरेको छैन भन्ने अर्थ लगाउँदा अथवा जस्तै युद्ध हुँदा पनि युद्धरत पक्षका बिचमा वार्ताको गुन्जाइस रहन्छ भन्ने हो भने वार्ताको सम्भावना भने अझै पनि एमालेमा देखिन्छ। तर यसका लागि अध्यक्ष ओली नै लचकता र एकताको भावका साथ अग्रसर हुनु पर्ने देखिन्छ। फेरि अब वार्ता नेताहरूबिच आमेन सामने नै हुनुपर्ने देखिन्छ।

नेकपा एमालेलाई एकताको लिगबाट अगाडि बढाउन प्रथमतः फाल्गुन २८ र त्यसपछि केपी शर्मा ओलीले गरेका निर्णयको खारेजीको घोषणा गरी पार्टीलाई २०७५ ज्येष्ठ २ गतेको अवस्थाबाट सञ्चालन गर्ने प्रतिबद्धता हुनु पर्ने देखिन्छ। नवौँ महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारीहरू अर्को महाधिवेशनप्रति पदीय हैसियतले पनि जबाफदेही हुने पदाधिकारीहरू हुन्।

तसर्थ सबै पदाधिकारीहरू यथावत् रहने सुनिश्चितता गरिनुपर्छ। यसै आधारमा पार्टीको स्थायी कमिटी ,पोलिटव्युरो र केन्द्रीय कमिटीको बैठकको आयोजना गरिनु पर्छ। पार्टी विधान अनुसार पार्टीका सबै तहका कमिटी सञ्चालन हुने प्रत्याभूतिसँगै नियमित पार्टी बैठक हुने, रिपोर्टिङ, अनुगमनको व्यवस्थाको सुनिश्चितता गरिनु पर्छ। पार्टीमा “एक व्यक्ति एक प्रमुख पद “माथि देखिन तल सम्म लागू गर्ने सुनिश्चितता गरी पार्टी काम र राजकीय जिम्मेवारीको काम प्रभावकारी रूपमा सम्पन्न गर्न शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई कडाइका साथ लागू गर्ने विषयमा सहमति हुन जरुरी हुन्छ। यस्तै ज्येष्ठ २ पछाडिको केन्द्रीय कमिटीमा सदस्य थप गरिँदा सहमतिका आधारमा गर्ने सुनिश्चितता हुन जरुरी छ।

यसै गरी तीन वटै तहका सरकार सञ्चालनमा पार्टीसँग समन्वय, परामर्श गर्न संयन्त्र बनाउने, सरकारले महत्त्वपूर्ण निर्णय गर्दा पार्टीको निर्णय र समझदारीबाट गर्ने सहमति गरिनु पर्छ।यश अगाडि पार्टीको सिफारिस र निर्णय बिना संवैधानिक, कूटनैतिक र राजनीतिक नियुक्तिहरुको छानबिन गरी पार्टीको सिफारिसमा नियुक्ति गर्ने व्यवस्था गर्नु पर्छ।

पार्टीभित्र गुटबन्दीलाई मलजल गर्ने मदन भण्डारी फाउन्डेसन लगायतका संस्थाहरूको खारेजी गरी पार्टीबाट सञ्चालित मदन आश्रित प्रतिष्ठानलाई नै प्रभावकारीरुपमा सञ्चालन गरिनुपर्छ।
यस अगाडि गठन भएका जिल्ला तथा स्थानीय तहका कमिटीहरू र जनसंगठनहरुलाई समायोजन गरी पार्टीको दसौँ महाधिवेशन शीघ्र आयोजना गर्ने गरी निश्चित नीति विधि बनाइ कार्यान्वयन गरिनुपर्छ।

प्रतिनिधिसभा विघटनको निर्णय कमीकमजोरी भएको रूपमा स्वीकार गरी आगामी अवधि सम्मको लागि वामपन्थी नेतृत्वको सरकार बनाउनका लागि गृहकार्य कार्यलाई अगाडि बढाउने सहमति कायम गरिनु पर्दछ। साथै माओवादीलगायत अन्य वामपन्थी पार्टीहरूसँग नयाँ आधारमा एकताको गृहकार्य गर्ने विषयमा पनि सहमति कायम गर्ने गरी सार्थक छलफल वार्ता हुन सक्यो भने नेकपा एमालेमा एकताको सम्भावना नजिकै रहेको देखिन्छ।

 

लेखक खनाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्