स्वयं सेवकको टोली लिएर गोरखाको गाउँ–गाउँमा नारायणकाजी श्रेष्ठ

pic 1
लोकपाटी न्यूज
0 Shares

गोरखा। गोरखामा कोभिड संक्रमण तीब्र रुपमा फैलिएपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले स्वयं सेवक टोली लिएर जेठ महिनामा दुई पटक गरि गृह जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाका १८ स्थानमा कोभिड उच्च संक्रमण रहेका वस्ती र स्वास्थ्य केन्द्रहरुमा पुगेरको भिड परिक्षण, उपचार तथा परामर्श शिविर सञ्चालन गरेका थिए।

चिकित्सक,ल्याव प्राविधिक र अन्य स्वास्थ्यकर्मी सहितको श्रेष्ठको निजी सचिवालय अन्तर्गतको कोभिड- १९ स्वयं सेवाको यो टोलिले जिल्लाभर एन्टिजीन विधिमार्फत कोभिड परिक्षण गरिएका ९६८ जना मध्ये १८५ जनालाई कोरोना सङक्रमण पुष्टि भएको र ती विरामीहरुलाई तत्काल संम्भव उपचार र पशामर्श सेवा प्रदान गरी केहि जटिल अवस्थाका विरामीहरुलाई भने अन्य अस्पतालहरुमा रिफर गरेकोको भीड १९ स्वयं सेवाका संयोजक इन्द्रराज भट्टराईले जानकारी दिए।

शिविरकै दौरानमा स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई कोभिड संक्रमित बिरामीहरुलाई गर्ने ब्यबहार,उपचार र अनपनाउनु पर्ने आवश्यक स्वास्थ्य सतर्कताका उपायहरु चिकित्सकहरु मार्फत अभिमुखिकरण गराइएको थियो। स्थानीय प्रयोगशाला प्राविधिकहरुलाई एण्टीजीन परीक्षण विधिकाबारे प्रयोगशाला विज्ञहरुमार्फत् प्रशिक्षण पनि शिविरसँगै सञ्चालन गरिएको थियो।

pic 2

टोलीमा रहेका स्वास्थ्यकर्मी र अन्य स्वयं सेवकहरुले संक्रमित व्यक्ति र तीनका परिवारका सदस्यहरुलाई घरमै आइसोलेसनमा बस्दा ख्याल गर्नु पर्ने आधारभूत मापदण्ड र परिवार र समुदायमा संक्रमण सर्न नदिन अपनाउनु पर्ने सावधानीका उपायहरु पनि सिकाइएको कोभिड १९ स्वयं सेवाका स्वयं सेवक चिकित्सक डा.राकेश परियारले जानकारी दिए।

प्रवक्ता श्रेष्ठले अभियानका क्रममा स्थानीय सरकार एवं सम्बन्धित सबै पक्षहरु संग सामूहिक छलफल गरी परिस्थितिको समिक्षा एवं कोभिड नियन्त्रण एवं उपचारको थप योजनाहरु बनाएको कोभिड-१९ स्वयं सेवाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

जेठ महिनाको पहिलो र तेस्रो साता गरि दुई चरणमा जम्मा ९ दिन सञ्चालन भएको कोभिड-परिक्षण उपचार तथा परामर्श शिविरका दौरानमा जिल्ला अस्पताल गोरखालाई १० थान र गोरखाका अन्य स्थानिय निकायहरुई १० थान गरि जम्मा २० थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ।

त्यसै गरि आँपपिपल अस्पताललाई ३, जौवारी स्वास्थ्य केन्द्रलाई १, वारपाक सुलिकोट गाउँपालिकालाई १, शहिद लखन गाउँपालिकालाई १ र भिमसेन थापा गाउँपालिकालाई १ गरि जम्मा ७ थान अक्सिजन कन्सनट्रेटर पनि प्रदान गरिएको कोभिड-१९ स्वयं सेवा सचिवालय सुरेसकाजी श्रेष्ठले जानकारी दिए।

प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार कोभिड उपचार र नियन्त्रणका लागि आवश्यक ग्रामीण स्वास्थ्य संस्थाहरुलाई सवल बनाउन सघाउने योजना अनुरुप जिल्लाका विभिन्न १० स्थानीय निकाय र २२ स्वास्थ्य संस्थालाई पिपिई सेट, सर्जिकल मास्क, सेनिटाईजर, सर्जिकल पञ्जालगायतका अन्य स्वास्थ्य सामग्रीहरु पनि प्रदान गरिएको छ। यी औषधि र स्वास्थ्य उपकरणहरु केहि स्वास्थ्य सेवा विभागबाट प्राप्त हुन् भने बाँकी सबै प्रवक्ता श्रेष्ठ आफैले खरिद गरि वितरण गरेका हुन्।

प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालय अन्तर्गतको कोभिड-१९ स्वयं सेवाको यो टोलीको कोभिड परिक्षण, उपचार र परामर्श सेवा अभियान पहिलो चरणमा पालुङटार नगरपालिकास्थित आँपपिपल अस्पतालबाट शुरु भई सिरानचोक गा.पाको जौवारी स्वास्थ्य केन्द्र सहित चिलाउने गाउँ, अजिरकोट गा.पाको भच्चेक स्वास्थ्य केन्द्र, वारपाक सुलिकोट गा.पाको वारपाक स्वास्थ्य केन्द्र, शहिद लखन गा.पाको वुङकोट स्वास्थ्य चौकी र घैरुङ स्वास्थ्य केन्द्र, भिमसेन थापा गा.पाको क्यामुनटार,धावा स्वास्थ्य चौकी सहित तान्द्राङ स्वास्थ्य चौकी पुगेर टुङगिएको कोभिड१९ स्वयं सेवाका सदस्य किरण पन्तले जानकारी दिए।

त्यसै गरि दोस्रो चरणको अभियान वारपाक सुलिकोट गा.पाको सौरपानी स्वास्थ्य चौकी, पाँचखुवा देउराली स्वास्थ्य चौकी , पालुङटार नगर पालिकाको ठाँटिपोखरीर सिमपानी, गोरखा नगरपालिकाको देउराली, गण्डकी गा.पाको दर्बुङ स्वास्थ्य चौकी, मकैसिङ स्वास्थ्य केन्द्र, फुजेल स्वास्थ्य चौकीमा संचालन भएको थियो। प्रवक्ता श्रेष्ठसहित चिकित्सक र स्वास्थ्यकर्मीहरुको मूल टोली दोस्रो चरणको अभियान सकेर काठमाडौं फर्किए पनि स्वयं सेवा समूहका अन्य सदस्यहरु भने गोरखाका विभिन्न स्थानीय तहमा रहेर कोभिड संक्रमित जनताको उद्धार, उपचार र सहयोगमा क्रियाशिल भैराखेको कोभिड-१९ स्वयं सेवाका सदस्य वसन्त देवकोटाले जानकारी दिए।

काठामाडौं फर्किएपछि पनि गोरखामा परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टी भएका संक्रमित विरामीहरुको टोलीमा संलग्न चिकित्सकहरुले स्वास्थ्य अबस्थाका बारेमा जानकारी लिइराखेको टोलीका सदस्य सुरेशकाजी श्रेष्ठले जानकारी दिए। टोलीमा संलग्न डा.राकेश परियारले आफूहरुले एन्टिजेन परीक्षणका क्रममा संक्रमण पुिष्ट भएकाहरुको स्वास्थ्य अबस्थामा सुधार भए नभएको बारेमा टेलिफोनबाट नै अवस्था बुझेर संल्लाह दिन सुरु गरेको बताए।

‘संक्रमितहरुलाई परीक्षणका क्रममा हामीले औषधीसहित स्वास्थ्य परामर्श समेत प्रदान गरेर फर्किएका थियौं, डा. परियारले भने,‘बिरामीहरुले नियमित औषधी खाए नखाएको, स्वास्थ्य अबस्थामा सुधार भए नभएको बारेमा टेलिफोनबाट जानकारी लिएर आबश्यक परामर्श पनि दिइरहेका छौं।’

यसै सन्दर्भमा गोरखामा कोभिड-१९ माहामारी नियन्त्रणमा नआएको खण्डमा स्थानीय सरकार र आम जनताको आवश्यकता र मागका आधारमा तेस्रो चरणको कार्यक्रम तय गरिने कोभिड-१९ स्वयं सेवा सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्