कोरोनाबाट पत्रकार बाँस्तोलाको निधन

Yagya-Prasad-Bastol_2bvCTumo8n
लोकपाटी न्यूज

पोखरा। कोरोना संक्रमणबाट पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ। बाँस्तोलाको पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो।

पत्रकार बाँस्तोलालाई दुई साता अघि कोरोना देखिएपछि रिजनल हस्पिटल लगिएको थियो।रिजनल हस्पिटल उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उनको उपचारको क्रममा बुधबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

पत्रकार बास्तोला नेपाल पत्रकार महासंघका साधारण सदस्य हुन्। उनी आनन्द मार्ग प्रचारक संघका सल्लाहकारसमेत हुन्। कास्कीको पुरन्चौरमा जन्मिएका बाँस्तोलाका श्रीमती, ३ छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्