मुख्यमन्त्री गुरुङले भने- ‘सरकार पूर्ण कार्यकाल चलोस् भन्ने आशा राखेको छु’

Prithivisubba gurung
लोकपाटी न्यूज

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू नेतृत्वको सरकार उत्कृष्ठ प्रदेश बनाउन सफल भएको बताएका छन्। बिहीबार गण्डकी प्रदेश सभा बैठकमा विश्वासको मत माग्ने क्रममा बोल्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन्।

३९ महिनामा उत्कृष्ट कार्य भएको बताउँदै मुख्यमन्त्री गुरुङले ३.६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण रहेको जनाए।

गुरुङले निजी क्षेत्रको लगानी उत्साहवर्धक भएको बताए। उनले गण्डकी प्रदेश संघीयताको कोशेढुंगा बनको बताए। नागरिकलाई अनुभूति हुने गरी समृद्धिको आधार तयार गरेको उनले दाबी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्