सरकारलाई विश्वासको मत दिन सक्दैनौं : राष्ट्रिय जनमोर्चा

लोकपाटी न्यूज

पोखरा। राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलको नेता पियारी थापाले वर्तमान सरकारलाई आफू र आफ्नो दलले विश्वासको मत दिन नसक्ने बताएकी छन्। प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले केपी ओलीको बाटोलाई नै प्रदेश सरकारले दोहोर्याइरहेको बताइन्।

वर्तमान सरकार र त्यसको नेतृत्वले नै गर्दा अहिले संविधान र संघीयता धरापमा पर्न लागेको बताइन्। थापाले दुई तिहाई बहुमतको वाम गठबन्धन ध्वस्त हुनुमा को जिम्मेवार हो भन्ने प्रश्नसमेत गरिन्।

आफूहरुले सुरुमा वामपन्थी गठबन्धनलाई समर्थन गरेको तर सरकारकै काम कारवाहीका कारण समर्थन फिर्ता लिन बाध्य हुनुपरेको उनले प्रस्ट पारिन्। प्रदेश सरकारले विपन्न, पिछडिएका नागरिकको पक्षमा काम गर्न नसकेको पनि उनले बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्