गण्डकी प्रदेश सरकार केपी ओली पथमा हिड्यो : हरिबहादुर चुमान

chuman_u
  • 1.2K
    Shares
लोकपाटी न्यूज

पोखरा। नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरु संविधान र संघीयता बचाउनका लागि गठबन्धनका साथ अघि सरेको बताएका छन्।
संघीय सरकारले समातेकै बाटोमा गण्डकी प्रदेश सरकार उन्मुख देखिएको उनले आरोप लगाए।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल गर्दै आफूहरु संविधान र संघीयता बचाउनका लागि गठबन्धनका साथ अघि सरेको बताएका हुन्।उनले संघीयताको मूल मर्मलाई जोगाउन चाहेको हो भने प्रदेशसभा विघटनको बाटोमा जान नहुनेमा जोड दिए।

उनले संविधान कार्यान्वयनका सन्दर्भमा मूलमै पानी धमिलो भएपछि त्यो धमिलो सबैले व्यहोर्नुपर्ने उनले बताए। केन्द्र सरकारले नै विधि, पद्धति, संविधानलाई उल्लंघन गरेको कारण प्रदेशमा पनि त्यसको असर देख्न थालिएको उनको भनाइ थियो।