सुदूरपश्चिमबाट राज्यमन्त्री बनेकी विक को हुन् ?

aasha-bk
  • 2K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। यस पटक प्रधानमन्त्री ओलीले अधिकांश नयाँ अनुहारलाई मन्त्री बनाएका छन् । ती मध्येका एक हुन् आशा कुमारी विक। उनलाई वन राज्यमन्त्रीको जिम्मेबारी दिईएको छ।

बझाङको जयपृथ्वी नगरपालिका १ पिमीकी ३९ वर्षीया बिक विघटित प्रतिनिधि सभाको लागि नेकपा एमालेबाट समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।

सुदूरपश्चिम प्रदेशको बझाङमा महिला सशक्तिकरण, जातीय छुवाछुट विरुद्धको अभियानमा सक्रिय उनी २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनी प्रतिनिधि सदस्य सदस्य बनेकी हुन्।

२०६९ मा नेकपा एमाले बझाङको जिल्ला कमिटी सदस्य भएकी थिइन्। त्यस्तै उनी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज, नेपाल उत्पीडित जातीय मुक्ति समाजको सुदूपश्चिम सदस्य तथा जिल्ला इन्चार्ज रहेकी छन्।