देउवालाई भेट्न प्रचण्ड, नेपाल र यादव बुढानीलकण्ठमा

  • 1.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

देउवालाई भेट्न दाहाल, नेपाल र यादव उनको निवास बूढानीलकण्ठ पुगेका हुन्। पछिल्लो राजनीतिक परिस्थितिपछि गठबन्धन बनाएर अघि बढेका तीन शिर्ष नेताहरुबीच आगामी रणनीति तय गर्ने विषयमा छलफल गर्न भेटवार्ता भएको बुझिएको छ।

छलफलमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी रहेका छन्।