सुदूरपश्चिम प्रदेशकाे मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट

Trilochan_Bhatta
लोकपाटी न्यूज

काठमाडाैँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट परेको छ। बिहीबार कमलसिंह राना लगायतले मुख्यमन्त्री भट्ट लगायत मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरुलाई विपक्षी बनाई रिट दर्ता गरेका हुन्।

मुख्यमन्त्री भट्टले मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेका थिए। संविधान अनुसार प्रदेश सभामा रहेका सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री राखी मन्त्रिपरिषद गठन गर्न पाउने व्यवस्था छ। विश्वासको मत लिने निर्णय गरेका भट्टले आफूलाई मत दिने एमालेको माधव नेपाल पक्षका चार मन्त्रीलाई समेट्दै मन्त्रिपरिषद् विस्तार गरी ११ सदस्यीय बनाएका थिए।