औद्योगिक क्षेत्रलाई राज्यसँग जोडेर अभिभावक छ भन्ने अनुभुति गराउछु : उद्योगमन्त्री यादव

लोकपाटी न्यूज

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले औद्योगिक क्षेत्रहरुलाई राज्यसँग जोडेर अभिभावकत्व प्रदान गर्ने बताएका छन्।

बिहीवार मन्त्रीमा नियुक्त भएका यादवले कार्यभार सम्हाल्दै औद्योगिक क्षेत्रहरु हाल समस्याग्रस्त र चिन्ताग्रस्त अवस्थामा रहेकाले तिनीहरुलाई राज्यसँग जोडेर अभिभावक छ भन्नेकुराको अनुभुति गराउने बताए। आफूले चुनौतीलाई अवसरको रुपमा परीणत गर्दै काम गर्ने उनले बताए। उनले भने- ‘औद्योगिक क्षेत्रहरु समस्याग्रस्त, चिन्ताजनक अवस्थामा छन्। तिनीहरुलाई राज्यसँग जोडेर अभिभावक छ भन्ने अनुभुति गराउने । चुनौतिलाई अवसरको रुपमा परिणत गर्ने।’

मन्त्री यादवले यस मन्त्रालयमा टिमवर्कले काम गरी अरु मन्त्रालयको भन्दा छुट्टै र अरुको भन्दा राम्रो थिती निर्माण गर्न पनि कर्मचारीहरुमा आग्रह गरे।