जरै काटेर बोटको यहाँ फल कसरी फलाउँछन ?
लज्जा१खरानी बेच्नलाई आफ्नै घर जलाउँछन।।
घामले नि पोल्न थाल्यो रुखहरु रुख ढाल्दै गए।
औजारहरु खियाले खायो अब क्यारी पलाउँछन ? ?
कुर्चिमाथी बस्न खोज्दा नाङ्गै देखीसक्यो हेर्नुस् ।
बा धोती पेटीकोटले सरकार कसरी चलाउँछन ? ?
यो मुग्लानी प्रथाको कहिले अन्त्य हुन्छ मालिक ?
देश बनाउने युवाहरू प्रदेशमै ज्यान थलाउँछन।।
नलगाउनु तिमीले छुरा जस्ता नजर कोही लाई।
मान्छे घायल बनाउँछन गलाउँछन ढलाउँछन।।