विश्व बैंकले नेपाललाई ७ अर्ब रुपैयाँ सहयोग दिने

World Bank
लोकपाटी न्यूज

काठमाण्डाैँ।  विश्व बैंकले नेपाललाई ७ अर्ब रुपैयाँ सहयोग दिने भएको छ। विश्व बैंकको बोर्ड अफ डाइरेक्टरको शुक्रबार बसेको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारको लागि ६० मिलियन डलर अर्थात झण्डै सात अर्ब रुपैयाँ सहयोग गर्ने निर्णय पारित गरेको हो।

विश्व बैंकले दिने सहयोग पिछडिएको क्षेत्रमा रहेका विद्यार्थीको उच्च शिक्षा र व्यावहारिक शिक्षामा खर्च हुनेछ। यस्तै प्राविधिक शिक्षा, अनुसन्धान र उद्यमशीलतालाई पनि जोड दिइने विश्व बैंकले निकालेको विज्ञप्तिमा उल्लेख छ। यस्तै आर्थिक अभावले उच्च शिक्षा लिन नसक्ने र विपत्तिका कारण पढाइ प्रभावित भएका विद्यार्थीमा पनि रकम लगानी गर्न सकिने उल्लेख छ।

विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका देशीय निर्देशक फरिस हदाद जार्भोसले विश्व बैंकको यो सहयोग उच्च शिक्षाबाट दक्ष जनशक्ति उत्पादनमा र कोरोना महामारीका कारण प्रभावित भएको शिक्षालाई निरन्तरता दिन उपयोग हुने बताइएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्