अनलाइनबाट कसरी लिने बाढीको पूर्वसूचना ?

duban
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। आजदेखि जल तथा मौसम विज्ञान विभागले बाढी पूर्वसूचना सेवा सञ्चालन गरेको छ। मनसुन आगमन भइसकेकोले आजदेखि मनसुन अवधिभरका लागि बाढी पूर्वसूचना सेवा सञ्चालन सुरु गरिएको विभागले जनाएको छ।

यसअन्तर्गत हरेक दिन बिहान ७ बजे बाढीपूर्वानुमानका लागि दैनिक बाढी बुलेटिन जारी गरिनेछ। बुलेटिन पढ्न विभागको यो वेबसाइटमा गएर नोटिस सेक्सनमा जानुपर्छ।

शनिबारको बाढी पूर्वानुमान बुलेटिन पढ्न यहाँ क्लिक गर्नुहोस्। साथै यही वेबसाइटबाट नियमित बाढीको अवस्था तथा बाढी पूर्वानुमानबारे जानकारी लिन सकिने विभागले जनाएको छ।

त्यसैगरी विभागको टोल फ्रि नम्बर ११५५ मार्फत जारी हुने एसएमएसबाट तपाईंको क्षेत्रमा हुनसक्ने सम्भाव्य बाढीसम्बन्धी जानकारी लिन र सावधानी अपनाउन सक्नुहुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्