वाग्मती प्रदेशमा नीति तथा कार्यक्रम बहुमतले पारित

dormani01
लोकपाटी न्यूज

हेटौंडा। वाग्मती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। शुक्रबार बसेको बैठकले नीति तथा कार्यक्रममा बहुमतको पारित गरेको हो।

नीति तथा कार्यक्रममाथिको छलफल संशोधन प्रस्ताव दर्ता भए पनि बहुमत सांसदले नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेपछि पारित भएको हो। शुक्रबार र शनिबार ४७ सांसद्ले उठाएको प्रश्नमा मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिनुभएको थियो। जवाफ दिने क्रममा उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अभिव्यक्तिप्रति आक्रोशित हुनुभएको थियो।

नीति तथा कार्यक्रमाथिको छलफलमा प्रदेशका ४७ सांसदले प्रश्न उठाउनुका साथै सुझावलाई मुख्यमन्त्री डोरमणि पौडेलले आक्रोशपूर्ण, संविधान विपरित, अशिष्ट भाषाको प्रयोग र केही मात्र मननयोग्य भएकोबताएका थिए। सभामा धेरै सांसद्हरूले संघीय सरकारप्रति आलोचना गर्दै अभिव्यक्ति दिएकोले आफूले त्यस विषयमा केही नबोल्ने पौडेलको भनाइ थियो।

संविधानको घेराभित्र रहेर प्रदेश सरकारको नीतिमा टेकेर काम गर्नुपर्ने स्मरण गराउँदै मुख्यमन्त्री पौडेलले आफूहरू त्यसैअनुसार अघि बढिरहेको जिकिर गरेका थिए। उनले यसवर्षको बजेटको मुख्य प्राथमिकता कोभिड–१९ नियन्त्रण तथा जोखिम न्यूनीकरणअन्तर्गत सबै जिल्लामा खोप लगाउने रहेको बताएका थिए।

प्रदेश सरकारले सबै जिल्लाका अस्पतालमा अक्सिजन प्लान्टसहित अन्य आवश्यक इक्युपमेन्ट एक साताभित्र जडान गर्ने प्रतिबद्धता समेत नीति तथा कार्यक्रममा समावेशन गरेको छ। विद्युतीय बस र हेटौंडा-काठमाडौं सुरुङमार्ग संघीय सरकारको सह–लगानीमा सञ्चालन र निर्माण गरिने तथा ४ वर्ष भित्रमा निर्माण सकिने गरी २ अर्ब खर्चमा सुरुङमार्गको काम गरिने मुख्यमन्त्री पौडेलले बोलाएका थिए। सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक असार १ गते दिउँसो ३ बजेलाई बोलाएका छन्। उक्त बैठकमा प्रदेश सरकारले आव २०७८÷०७९को वार्षिक बजेट प्रस्तुत हुनेछ।