खेल मैदानमै ढलेपछि अस्पताल भर्ना गरिएका डेनिस फुटबलर एरिक्सनको अवस्था कस्तो छ ?

christian-eriksen pic
लोकपाटी न्यूज

कोपनहेगन। यूरो २०२० गेम अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच प्रतिष्पर्धाको क्रममा डेनिस खेलाडी क्रिस्टियन एरिक्सन घाइते भएपछि अस्पतालमा भर्ना गरिएको छ।

पार्केन स्टेडियममा जारी खेलको ४२ मिनेटमा एरिक्सन आफ्नै साथीले दिएको बल नियन्त्रणमा लिन अगाडि बढ्ने क्रममा अचानक भुइँमा लडेपछि घाइते भएका थिए। १५ मिनेटसम्म खेल मैदानमै उनको उपचार प्रयास गरिए पनि अवस्था गम्भीर भएपछि अस्पताल नै लैजानु परेको थियो।

शनिबारको यस घटनापछि खेल स्थगित गरिएको छ। साथै २९ वर्षीय खेलाडी एरिक्सनको अस्पतालमा उपचार भइरहेको यूईएफएले जनाएको छ। पछिल्लो समाचार अनुसार उनको अवस्था स्थिर रहेको बताइएको छ।

आक्रामक मिडफिल्डरको रुपमा खेल्ने एरिक्सन इटालियन क्लब इन्टर मिलानका लागि खेल्ने गरेका छन्। रंगशालामा रहेका १६ हजार दर्शकहरु अहिले पनि धैर्यतापूर्ण रुपमा एरिक्सनको स्वास्थ्य अपडेट पर्खेर बसिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्