केपी ओली प्रवृत्तिको घोर विरोध गरौं : अध्यक्ष केसी

prajatantrik-bichar-samaj-zoom
लोकपाटी न्यूज

काठमाडौं। प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसीले प्रधानमन्त्री केपी ओलीले एकलब्य र निरंकुश शैलीमा देश चलाएको आरोप लगाएका छन्।

शनिबार दिउँसो प्रजातान्त्रिक विचार समाज सुदूरपश्चिम प्रदेशले आयोजना गरेको एक जुममार्फत् गरिएको समारोहमा डा. केसीले ओली प्रवृत्तिको घोर विरोध गर्दै देशभरी जनजागरण गराउनु पर्ने बताएका हुन्।

केसीले संविधानकी संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको अवस्थामा सही काम गर्न नसकेको आरोप लगाए। देश विषम परिस्थितिबाट गुज्रिरहेको बेला संविधानकी संरक्षक राष्ट्रपति भण्डारीले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिइरहेको बताए।

केसीले भने, ‘राष्ट्रपति जस्तो गरिमामय संस्था र देशको सर्वोच्च पदमा पदासिन हुने अनि प्रधानमन्त्री ओलीको लागि सतिजाने जस्ता दुष्परिणाम राष्ट्रपतिबाट भएको छ यसले संविधान, देश र जनतालाई हित हुँदैन।’

डा. केसीले देश, जनता र संविधानको हित भन्दा पनि प्रधानमन्त्री ओलीका हरेक कदमलाई राष्ट्रपतिले सहीछाप गरेर देशलाई बरबादीमा धकेलेको आरोप लगाए। उनले भने, ‘ओली प्रवृत्तिको घोर विरोध गरौं देशभरी जनजागरण गरौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्