युरोकप फुटबल : आज राति कुन-कुन टिम भिड्दै छन् ?

Urop cup
  • 242
    Shares
लोकपाटी न्यूज

काठमाडौं। युरोकप फुटबलमा आज राति पनि तीन वटा खेल हुने भएका छन्। नेपाली समय अनुसार पौने सात बजे इंग्ल्याण्ड र क्रोएशिया आमने सामने हुने छन्।

इंग्ल्याण्डलाई युरोको उपाधि दावेदार टिमको रुपमा हेरिएको छ भने २०१८ मा क्रोएशिया विश्वकपमा उप विजेता भएको टिम हो।

इंग्ल्याण्ड र क्रोएशिया अहिलेसम्म दशपटक खेल्दा इंग्ल्याण्डले पाँच पटक जित हात पारेको छ भने क्रोएशियाले तीन पटक नतिजा आफ्नो पक्षमा पारेको छ।

२ खेल बराबरी भएका थिए। यसैगरी राति पौने ९ बजे अस्ट्रिया र नर्थ मेसेडोनिया आमने सामने हुने छन्। राति पौने १ बजे नेदरल्याण्ड्स र युक्रेनबीचको खेल हुने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्