फिल्म छायाँकार प्रधानको निधन

pic
लोकपाटी न्यूज

काठमाडौं। फिल्म छायाँकार रामशंकर प्रधानको निधन भएको छ। लामो समयदेखि मृगौला रोगबाट पीडित प्रधानको आइतबार राती वीर अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए।

७२ वर्षका प्रधानको मृगौला समस्याका कारण लामो समयदेखि डायलासिस हुँदै आएको थियो।
‘त्रिनेत्र’, ‘अजम्बरी नाता’, ‘चलचित्र’, ‘फेरि तिम्रो याद आयो’ ‘पर्खी बसेँ, ‘सुन्दर मेरो नाम’, ‘लगनगाँठो’, ‘रगत’ लगायत दर्जनौं नेपाली फिल्म छायाँकन गरेको प्रधानको सोमबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्