एमाले बरिष्ठ नेता नेपाल निवास काेटेश्वरमा विपक्षी तीन नेताबीच छलफल

prachanda_Nepal_Deuba
  • 2.4K
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। नेकपा एमालेको नेता माधव नेपालको निवास कोटेश्वरमा सोमवार साँझ विपक्षी नेताहरूको बैठक बसेको हो। सभापति देउवा, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता जारी रहेको नेता नेपालको सचिवालयले जनाएको छ। उनीहरुबीच साढे ६ बजेदेखि भेटवार्ता भएको हो।

तीन नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ। यसअघि विपक्षी गठबन्धनको बैठक प्रायः कांग्रेस सभापति देउवाको निवासमा बस्ने गरेकोमा सोमवार नेता नेपालको निवासमा बसेको हो।

कर्णालीका चार प्रदेश सांसदलाई महाधिवेशन आयोजक कमिटीका तर्फबाट गरेको कारवाहीलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि एमाले अध्यक्ष केपी ओलीले नेता माधव नेपालसहितको पार्टी बैठक बोलाउने प्रयास गरिरहेका छन्। सोही बेला विपक्षी गठबन्धनमा रहेका नेता नेपालसँगको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

देउवालाई संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बनाउन प्रचण्ड, नेपाल, यादव लगायतले हस्ताक्षर गरेका थिए । शनिवार मात्र देउवा, नेपालसहित ५ जना पूर्व प्रधानमन्त्रीले संयुक्त विज्ञप्ति प्रकाशित गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्