सिन्धुपाल्चोकमा बाढीबाट भएको अपूरणीय क्षतिले स्तब्ध छु, उद्धार र राहतमा जुट्न अपिल गर्छु : अग्नि सापकोटा

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सभामुख अग्नि सापकोटाले सिन्धुपाल्चोकमा बाढीबाट भएको अपूरणीय क्षतिले स्तब्ध भएको बताएका छन्। ‘सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा हिजो साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपूरणीय मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध छु। विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ सापकोटाले भनेका छन्।

पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहतका लागि जुट्न सबै पक्षलाई अपिल गरेका छन्। सिन्धुपाल्चोक सभामुख सापकोटाको गृहजिल्ला हो। सभामुख सापकोटा आज स्थलमार्गबाट घटनास्थल सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र जाने कार्यक्रम रहेको बताइएको छ।

सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रवाती नदीमा हिजो साँझदेखि आइरहेको भीषण बाढीले त्यहाँ ठूलो जनधनको क्षति भएको छ। कति जना मानिस बेपत्ता भएका छन्, अझै एकिन हुन सकेको छैन।