झलनाथ खनाललाई उपचारका लागि दिल्ली लैजाने तयारी

jhalanath_khanal
फाइल तस्बिर
  • 305
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लैजाने तयारी गरिएको छ। नेता खनाललाई बुधवार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ।

खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ। खनालको सचिवालयका अनुसार उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्।

ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौँको नर्भिक अस्पताल भर्ना गरिएको थियो। खनाललाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। खनाल यसअघि कोरोना संक्रमित भई संक्रमणमुक्त भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्