एमालेले सोध्यो सांसद विमला वलीलाई स्पष्टीकरण

Bimala_Oli
  • 1.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले प्रदेशसभा सदस्य विमला खत्री वलीलाई स्पष्टीकरण सोधेको छ। दाङ क्षेत्र नं. ३ (क) मा भएको उपनिर्वाचनमा निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य वलीले एमालेले तीन दिने स्पष्टीकरण सोधेको हो।

जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेपछि एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले वलीलाई स्पष्टीकरण सोधेका हुन्। नेकपा एमालेका प्रदेशसभा सदस्य उत्तरकमुर वलीको दुर्घटनाबाट निधन भएपछि ओली पत्नी विमला नेकपाको तर्फबाट उम्मेदवार भई प्रदेशसभामा निर्वाचित भएकी थिइन्।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि विमलाले गत वैशाखमा माओवादी केन्द्र रोजेकी थिइन्। स्पष्टीकरणमा पार्टी रोज्नु अगाडि नै एमाले संसदीय दलको बैठक र दाङको पार्टी जिल्ला कमिटीमा सहभागी भइसकेपछि विमलाले रोज्न पाउने हक गुमाइसकेको उल्लेख छ। पार्टीको ह्वीपविपरीत सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मत हाल्नुको कारण खोज्दै एमालेले ‘तपाईंमाथि कारबाही किन नगर्ने ?’ भन्दै स्पष्टीकरण सोधेको छ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएको लामो समयपछि विमलाले गत वैशाखमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्र रोज्ने घोषणा गरेकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्