नेता खनाललाई भेट्न नर्भिक पुगे ईश्वर पोखरेल

Khanal_Pokhrel
  • 169
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट्न एमाले महासचिव ईश्वर पोखरेल थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्। नर्भिक अस्पतालमा उपचार गराइरहेका नेता खनाल आज थप उपचारका लागि भारत जान लागेका छन्। त्यसअघि महासचिव पोखरेल नेता खनाललाई भेट्न नर्भिक पुगेका हुन्।

आफूलाई भेट्न आएका महासचिव पोखरेललाई खनालले पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए। ‘जेएन कामरेडले पार्टी एकताका लागि भूमिका खेल्न महासचिवलाई आग्रह गर्नुभयो,’ पाण्डेले भने, ‘महासचिवज्यूले तपाई चाँडै निको भएर आउनुहोला, त्यसपछि छलफल गरौंला भन्दै स्वास्थ्य लाभको कामना गर्नुभयो।’

अक्सिजनको सपोर्टमा उपचारत खनाल बोल्न सक्ने अवस्थामै रहे पनि स्वास्थ्य स्थिति जटिल देखिएको पाण्डेले बताए। रगतमा हेमोग्लोबिनको मात्रा कमी भएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका खनाल थप उपचारका लागि आज भारत जाँदैछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्