मेलम्चीको होटलमा फसेका २ सहित ९ को उद्धार : घाइते चारलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

melamchi 2
लोकपाटी न्यूज

काठमाडौं। मेलम्ची खोलामा आएको बाढीेमा फसेका ९ जनाको उद्धार गरिएको छ। नेपाली सेनाको हेलिकप्टरले मेलम्ची बजारको एक होटलमा फसेका २ सहित अन्य ७ जनाको उद्धार गरेको हो।

उद्धार गरिएकामध्ये ४ जना घाइते अवस्थामा रहेकाले उनीहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ।

बाढीमा फसेका नौ मध्ये घाइते चार जनालाई कैलाश एयर र श्री एयर मार्फत उपचारका लागि काठमाडौं ल्याएको जिल्ला प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्