स्याङ्जाको सेतीवेणी बजार डुबानमा : ८ घरमा क्षति

Setibani duban
लोकपाटी न्यूज

स्याङ्जा। स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ५ को सेतिवेणी बजार जलमग्न भएको छ। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकीमा पानीको बहाब बढेपछि सेतीवेणी बजार डुवानमा परेको हो।

पानीमा फसेकाहरुलाई प्रहरी, जनप्रतिनिधि र रेडक्रसलगायतको टोलीले उद्दार गरिरहेका छन्। सुरक्षित स्थानमा ल्याइएका व्यक्तिहरुलाई पालमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार डुबानबाट ८ घर पूर्णरुपमा क्षति भएका छन्। मानवीय क्षति भएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्