मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने

CM_Krishnachandra_Pokharel_nepali
लोकपाटी न्यूज

पोखरा। गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले शुक्रबार विश्वासको मत लिने भएका छन्। पोखरेलले ४ गते विश्वासको मत लिने सूचना संसदलाई जानकारी जनाकारी गराएका छन्। संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ।

शनिबार संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। तर बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत छिटै लिन लागिएको मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।

सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरुको कार्यविभाजन र थप मन्त्री परिषद् विस्तार गर्न लागेको छ। अहिले मुख्यमन्त्री बाहेक तीन राजनीतिक दलबाट एक–एक जना र स्वतन्त्र सांसद राजीव गुरुङलाई विना विभागीय मन्त्री बनाईएको छ।

विश्वासको मत लिनु अघि नै सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने बजेट पेस गरेको छ।अब विश्वासको मत लिएपछि मात्रै बजेटमाथि थप छलफल प्रारम्भ हुने बताईएको छ।

विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनुपर्छ। गण्डकीमा ११ मन्त्रालय छ। अहिले ५ मन्त्री मात्रै नियुक्त भएका छन्। बाँकी मन्त्री नियुक्तीका लागि राजनीतिक पार्टीभित्र छलफल चलिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्