एजेन्सी। चिरपरिचित प्रतिद्वन्द्वी रुसी र अमेरिकी राष्ट्रपतिबीच स्विट्जरल्यान्डको जेनेभामा पहिलो पटक भेटवार्ता भइरहेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिक राष्ट्रपति जो बाइडनबीचको भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरिहेको छ।
उनिहरु दुबैलाई स्विट्जरल्यान्डका राष्ट्रपति गाई पार्मेलिनले जेनेभामा स्वागत गरेका थिए। ‘राष्ट्रपति महोदय, तपाईंहरू दुबै जनालाई शान्तिको सहरमा स्वागत छ। यहाँहरू वार्ता दुबै पक्षको हितका लागि फलदायक होस्,’ स्वीट्जरल्यान्डका राष्ट्रपति गाई पार्मेलिनले यसो भनेपछि अमेरिकी राष्ट्रपति जोए बाइेडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले हात मिलाएका थिए।
रूसी साइबर आक्रमणदेखि युक्रेनमा रूसको भूमिकासम्म धेरै मुद्दाहरूमा दुई देशबीच तनाव छ। क्रेमलिन आलोचक अलेक्सी नाभाल्निको मुद्दालाई अमेरिकाले जोडतोडका साथ उठाइरहेको छ। भेटअघि राष्ट्रपति पुटिनले समकक्षी बाइडनलाई योग्य विरोधीको उपमा दिएका छन्।
दुबै पक्षले यो शिखर सम्मेलनबाट अपेक्षा पनि राखेका छन्। तर क्रेमलिनले कुनै पनि ऐतिहासिक सफलताहरूको अपेक्षा नगर्न भनिसकेको छ।