भरतपुर महानगरद्वारा आपतकालीन आवास सञ्चालन

3
  • 192
    Shares
लोकपाटी न्यूज

चितवन। भरतपुर महानगरले जिल्लामा नै पहिलो पटक अत्याधुनिक आपतकालीन आवास (ईमरजेन्सी सेल्टर) सञ्चालनमा ल्याएको छ। बाढी प्रभावित क्षेत्र नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्ने गरि साझापुरमा आपतकालिन सेल्टर निर्माण गरी प्रयोगमा ल्याएको हो।

बाढी तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले चितवन जिल्लाकै पहिलो ईमरजेन्सी सेल्टर पश्चिम चितवनको भरतपुर २८ साझापुरमा सञ्चालन गरिएको हो।
शिलन्यास भएको १८ महिनामा नै भवनको निर्माण सम्पन्न गरिएको महानगरले जनाएको छ। एक करोड ७२ लाख रुपैयाँ भ्याटबाहेकको रकममा निर्माण सम्पन्न २ तले भवनको पहिलो तलमा ठूलो हल र माथिल्लो तलमा अतिआवश्यक सामग्री स्टोर गर्ने कोठा र अफिस कोठा रहेको सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए।

जहाँ ६ कठ्ठा ५ घुर जमिनमा २ सय २० वर्गमिटर क्षेत्रफल आगटेको भवनमा अत्याधुनिक अलग अलग महिला र पुरुष शौचालय समेत रहेको छ। भवनको एक औपचारिक कार्यक्रमका विच भरतपुर महानगरकी मेयर रेनु दाहालले उद्धघाटन गरिन्। सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरसँग समन्वय गरेर निर्माण गरेको भवन मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहलाई आयोजनाका प्रमुख ई प्रंकाश अर्यालले हस्तान्तरण गरेसँगै उद्घाटन भएको हो।

भवनमा विपदको समयमा उद्धार गरि ल्याइएका पीडितहरुलाई राखिनुका साथै विपदको समय आवश्यक सामग्रीहरु स्टोर गर्ने व्यवस्था समेत रहेको मेयर दाहालले बताइन्। भवनमा एक पटकमा २ सय जनालाई राख्न सक्ने क्षमतामा रहेको सो भवन उद्धघाटन गर्दै दाहालले आफूलाई उत्साह जागेको बताइन्। उनले सदैव स्थानीय सरकार भरतपुर महानगर गरिब विपन्न जनताको हितमा काम गर्दै आएको बताइन्।

‘लामो कसरतले जनता माझ बोलेका कुरा पुरा भएको छ, उनले भनिन–सधै बाढी प्रभावित हुने वडा नम्बर २७ र २८ सहित आसपासका जनतालाई यसले यो विपदकै घडीमा ठूलो राहत मिल्नेछ। मेयर दाहालले अतिआवश्यक सामग्री स्टोर गर्ने देखि ज्यान जोगाउन नै सेल्टरले अति महत्वपुर्ण भूमिका खेल्ने समेत बताइन्। साझापुरका स्थानीय बुद्धि कंडेले यो भवन बनेपछि निकै खुसि लागेको बताए। यसले बोटे, मुसहर र जनजातिलाई अझै सहज भएको उनको भनाइ छ।

यस्तै उपमेयर पार्वती शाहले बाढी लगायतका विभिन्न जोखिमबाट स्थानीयलाई बचाउन भवन निकै उपयोगी हुने विश्वास व्यक्त गरिन्। महानगरले पहिलो चरणमा सघन शहरी तथा भवन निर्माण आयोजनाको समन्वयमा निर्माण भएको सेल्टर महानगरको विपद् जोखिम रहेका अन्य ठाँउमा समेत निर्माण गर्ने प्रतिवद्धता जनाइन्। उनले यसको सहि सदुपयोग गरेर अगाडी सुझाव दिइन्।

भवन निर्माण गरिएपछि अबका दिनमा जुनसुकै प्राकृतिक विपत्ती आँउदा अन्यत्र वा विद्यालयमा राख्नुपर्ने बाध्यता हटेकोमा स्थानीय श्याम अधिकारीले खुसि व्यक्त गरे। महानगरसँगै जिल्लाकै सबै प्रभावित ठाँउमा यस्तै सेल्टर बनाएर जनतालाई सुरक्षित अनुभूति गराउनु पर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्