राष्ट्र बैंकले माग्याे माैद्रिक नीतिका लागी सरोकारवाला निकायसँग सुझाव

nepal-rastra-bank
लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमा सरोकारवाला निकायहरुसँग राय सुझाव मागेको छ।

राष्ट्र बैंकले एक सूचना जारी गरेर इमेलमामार्फत सुझाव दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो। विगतका वर्षहरुमा जस्तै साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारीसँगै सुझाव संकलन सुुरू गरेको राष्ट्र बैंकले जनाएको छ। सम्बद्ध बैंक तथा वित्तीय संस्थाका संघसंगठन, व्यावसायिक संघसंगठनलगायत सबै सरोकारवालाले असार मसान्तसम्म लिखित सुझाव पेश गर्नुपर्नेछ।

अन्य संस्थाबाट पनि सुझाव संकलन गर्न केन्द्रीय बैंकले सूचनामार्फत जानकारी दिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्