रिलायबल नेपाल लाइफ इन्स्योरेन्सकाे एजीएम आज, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने

लोकपाटी न्यूज

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आज हुँदैछ ।

जेठ १० गते बसेको कम्पनीको संचालक समितिको निर्णयानुसार सभा आज दिउँसो १ बजे कम्पनीको प्रधान कार्यालय, ज्ञानेश्वर काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ। सभाले सर्वसाधारणलाई छुट्याइएको सेयर (आईपीओ) जारी गर्ने प्रस्तावलाई पारित गर्नेछ। त्यसैगरी, सभामा संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित, वासलात, नाफा९नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका अनुसूचीहरु उपर छलफल गरी पारित गरिनेछ।

साथै आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ भने संचालक नियुक्तिको अनुमोदन पनि गरिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्