चुरे उत्खनन् र निकासीविरुद्धकाे रिटमा आज संवैधानिक इजालसमा सुनुवाई हुँदै

लोकपाटी न्यूज

काठमाडौं। गिट्टी बालुवा निकासीको निर्णय विरुद्ध परेका रिटमा आज सर्वोच्च अदालत संवैधानिक इजालसमा सुनुवाइ हुँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र विश्वम्भर श्रेष्ठ छन्। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बक्तव्यको बुँदा नम्बर १९९ मा गिट्टी बालुवा निकासी गर्ने उल्लेख छ।

त्यो कार्यक्रमले चुरे विनास गर्ने र तराई मधेसको सभ्यतासँगै उत्पादनशील जमिनसमेत सखाप पार्ने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले सातवटा रिट दायर गरेका छन्। त्रिपाठीका अतिरिक्त चुरे उत्खनन् विरुद्ध अधिवक्ताहरु शैलेन्द्रप्रसाद अम्बेटकर, रामबहादुर शाही, डा. पुन्यप्रसाद खतिवडा, हरिराम लवजु, विक्रम नगरकोटी तथा नेपालका लागि नेपाली पार्टीका तर्फबाट अधिवक्ता अतिस कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।

चुरे क्षेत्रको वातावरण संरक्षणका साथै त्यस क्षेत्रको जैविक विविधता, प्राकृतिक सम्पदा, जल भण्डारण इत्यादिको संरक्षणका लागि दीर्घकालीन बृहत कार्ययोजनाका लागि सरकारलाई आदेश दिन माग गरिएको छ। वरिष्ठ अधिवक्ता त्रिपाठीले पेश गरेको रिटमा भविष्यमा चुरेक्षेत्रमा हुने चोरी निकासी एवं गैरकानूनी ढंष्ले अनियन्त्रित दोहनलाई रोक्न प्रभावकारी उपाय अवलम्वन गर्न तथा चुरे क्षेत्रको दिगो एवं वातावरणीय मैत्रीपूर्ण समग्र विकासलाई सुनिश्चित गर्न एक शक्ति सम्पन्न संयन्त्र÷प्राधिकरण निर्माण गर्न समेत आदेशको माग राखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्