‘सामाजिक कार्यमा ग्लोबल आइएमई बैंकको बलियो साथ’

लोकपाटी न्यूज

काठमाडौं। सार्वजनिक वा निजी लगानीमा स्थापित हरेक व्यावसायिक संस्थाको उद्देश्य मुनाफा आर्जन गर्नु हुन्छ। मुनाफा तर्कसंगत, न्यायोचित हुनुपर्छ, संसाधनहरूको समुचित, मितव्ययी उपयोग गर्दा पर्न आउने उत्पादन लागतमा उचित प्रतिफल जोडेर आर्जन गरिने मुनाफा नै न्यायोचित मुनाफा हो। कम्पनीले आफ्ना ग्राहकलाई वस्तु वा सेवा बिक्री गरी मुनाफा आर्जन गर्ने भएकाले जुन समाजबाट मुनाफा आर्जन गरेको हो।

त्यसप्रति केही न केही दायित्व रहनु स्वाभाविक हुन्छ। यसै वस्तुसत्यलाई आत्मसात् गरेर नेपालमा कम्पनीहरूलाई आफ्नो मुनाफाको कम्तीमा १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वमा (सीएसआर) खर्च गर्नुपर्ने प्रावधान राखिएको छ। यसलाई कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) पनि भनिन्छ।

सीएसआरमा ग्लोबल आइएमई बैंक

निजी क्षेत्रको सबैभन्दा ठूलो ग्लोबल आइएमई बैंकले आफ्नो स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गतका कामहरू गर्दै आएको छ। अघिल्लो वर्ष कोरोना भाइरसविरुद्ध लड्न नेपाल सरकारले मिति २०७६ चैत्र ९ गते घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको थियो। त्यस्तै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित ‘कान्तिपुर कोभिड-१९ रोकथाम कोष’मार्फत १५ लाख आर्थिक सहयोगसमेत उपलब्ध गराएको थियो।

सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा बैंकले २०७६/११/२८ मा पर्वत जिल्लाको कुश्मास्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरेको थियो। बैंकको उक्त कार्यको जिल्लाभरि तारिफ भइरहेको छ।

२०७६ फागुन २ गते बैंकले आमा घर सेवा आश्रमलाई ३ लाख रुपैयाँ हस्तान्तरण गर्‍यो। यो रकम वृद्धाश्रममा सोलार हिटर जडानको लागि खर्च गरिएको थियो। त्यस्तै बैंकले लेखनाथ नगरपालिका कास्कीमा रहेको लेखनाथ सामुदायिक हस्पिटललाई सिसिटिभी जडान गर्नका लागि २०७६ चैत्रमा केही रकम हस्तान्तरण गरेको थियो। त्यस्तै २०७६ पुस २७ मा बैंकले स्पाइनल कर्ड इन्जुरी नेटवर्कलाई तीन लाख हस्तान्तरण गर्‍यो। बैंकका डिजिएम सुरेन्द्रराज रेग्मीले यो रकम नेटवर्कका अध्यक्ष रिसी ढकाललाई यो रकम हस्तान्तरण गरेका थिए।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा २०७६/११/०३ मा आरएम केडिया हस्पिटलसँगको सहकार्यमा ड्राईपोर्ट, विरजञ्जमा निःशुल्क आँखा शिविर सञ्चालन गर्‍यो। यो सिविरबाछ २५० भन्दा बढी स्थानीयले सेवा लिए भने ५१ जनाको निःशुल्क क्याट्यार्याक्ट सल्लेक्रिया भयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्