काङ्ग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

फाइल तस्बिर
  • 2
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको महाधिवेशनको विषय मुख्य मुद्दाका रुपमा रहेको छ।

दिउँसो १ बजेका लागि डाकिएको बैठकमा आगामी साउन ४ गते गाउँपालिका, नगरपालिकाका वडाबाट सुरु हुने महाधिवेशन भदौको १६ देखि १९ सम्म गर्ने प्रस्तावमा नेताहरुले बोल्ने कार्यक्रम छ। सँगसँगै केन्द्रीय समिति बैठकमा बोल्ने वक्ताहरुले समसामयिक राजनीति र देशमा आएको महामारीको व्यवस्थापनमा भातृ तथा सुवेच्छुक संस्थासहित पार्टीका स्थानीय संरचनाको प्रयोग गरी नागरिकका समस्यासँग जोडिन प्रस्ताव राख्दै आएका छन्।

हिजोको बैठकमा नेताहरु कृष्णप्रसाद सिटौला, महेश आचार्य, दिलेन्द्रप्रसाद बडु, ज्ञानेन्द्रबहादुर कार्की, उमाकान्त चौधरी, गगन थापा, शंकर भण्डारी र मोहनबहादुर बस्नेत, रमेश लेखक, कल्याण गुरुङ, शिव हुमागाई र डा. टिएन योगीले आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्