सर्वोत्तम सिमेन्टकाे साधारण सभा आज, साढे ६८ करोड लाभांश बाँड्दै

लोकपाटी न्यूज

काठमाडौं। सर्वसाधारणलाई बुक बिल्डिङ्गबाट प्रिमियम मूल्यमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रकृयामा रहेको सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

सिमेन्टले आफ्नै केन्द्रीय कार्यालय तिनकुनेमा आज बिहान ११ बजे विशेष साधारण सभा गर्दै छ। उक्त सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँको १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागी १.००६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश पारित गर्न लागेको हो।

यसअनुसार कम्पनीले गत आव २०७७/७८ सम्मको नाफाबाट चुक्ता पूँजीको १९‍.११८ प्रतिशत बराबरको ६५ करोड बोनस शेयर र कर प्रयोजन सहित ३ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ नगद सहित कुल ६८ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ लाभांश वितरण गर्न लागेको हो।

कम्पनी सञ्चालक समितिको जेठ २५ गते बसेको बैठकले लाभांश प्रस्ताव सहित अन्य एजेण्डाहरु पारित गर्न असार १० गते बिहीबार विशेष साधारण सभा बोलाउने निर्णय गरेको थियो। कम्पनीको २०७७ माघ ६ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक बिल्डिङ्ग विधिबाट गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्