अहिले राष्ट्रपतिलाई गाली गर्ने प्रतिष्पर्धा चलेकाे छ : प्रधानमन्त्री ओली

Pm_Kp_Oli_office
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि चिथोर्ने प्रतिस्पर्धा भएको भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले राष्ट्रपतिलाई गाली गर्ने प्रतिष्पर्धा चलेको टिप्पणी गरेका हुन्।

‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ। जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो त्यो ठूलो हुने कम्पिटिसन छ। हिजो पनि केही भुतपूर्व प्रधानमन्त्रीहरूहरूले प्रेस मिट गरेको देखेको थिएँ। त्यसमा पनि राष्ट्रपतिभन्दा राजा राम्रो भन्नेसम्ममा उहाँहरू पुग्नुभयो,’ उनको भनाइ थियो।राष्ट्रपति संविधानले दिएको अधिकारमा नै सीमित भएको प्रधानमन्त्री ओलीको दाबी थियो।

बिहीबार संसद् भवनमा विपक्षी गठबन्धनका नेताहरूले सम्पादकहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालकी राष्ट्रपतिभन्दा राजाकै शानसम्मान र प्रतिष्ठा भएको बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्