कक्षा ११ र १२ रजिष्ट्रेशन र परीक्षा फारम बुझाउने मिति थप

लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ रजिष्ट्रेशन र परीक्षा फारम बुझाउने मिति थप गरेको छ।

कक्षा ११ र १२ को नियमित, आंशिक तथा ग्रेडवृद्धि परीक्षाको परीक्षा आवेदन फारम तथा शैक्षिक सत्र २०७७/७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेशन फाराम बुझाउने मिति थप गरेको हो।

यसअघि बोर्डले चैत मसान्तसम्म फाराम भर्न समय तोकेको थियो। चैतभित्र फाराम बुझाउन नपाएकाहरूले असार २० गतेसम्म दोब्बर शुल्क तिरेर परीक्षा र रजिष्ट्रेशन फारम बुझाउन सक्नेछन्। परीक्षा आवेदन फारमका लागि १२ सय रुपैयाँ र रजिष्ट्रेशन फारामका लागि ८ सय रुपैयाँ तोकिएको राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्